कलाकार निश्चल बस्तेतले तीन रोपनी दुई दाम तीन पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई प्रदान

फिल्म निर्देशक तथा कलाकार निश्चल बस्तेतले इलाम नगरपालिका–१, साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका छन् ।आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको तीन रोपनी दुई दाम तीन पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दान दिएका हुन् ।

आफ्नो घर भएको ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको कलाकार बस्नेतले पालिकापेजलाई बताए ।‘हाम्रो घर यही साखेजुङ हो, बुबा बसाइँ सरेर जानुभएपनि म बाल्यकालदेखि नै बुबा र परिवारसँग साखेजुङ आउजाउ गर्थें,’ मालपोतमा जग्गा दान गरिसकेपछि उनले भने, ‘अहिले पनि बुबासँगै आएको छु ।’

वडा १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले जनता आधारभूत विद्यालयसँगै रहेको स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने बताए । ‘उहाँहरूले प्रदान गर्नुभएको जमिन बाटोसँगै जोडिएकाले पनि मूल्यवान् र उपयोगी छ,’ उनले भने, ‘साँघुरो रहेको स्वास्थ्य उपकेन्द्र अब सुविधाजनक हुनेछ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *