कनकाई नगरपालिका–७ मा निःशुल्क आँखा शिविरबाट १७८ जनाले लिए सेवा

झापाको कनकाई नगरपालिका–७ मा भएको निःशुल्क आँखा शिविरमा १७८ जनाले सेवा लिएका छन् ।

ज्येष्ठ नागरिक संघ कनकाईको आयोजना र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको आँखा शिविर बाट सेवा लिएका हुन् । कूल १७८ जनाले सेवा लिएकोमा १६ जनालाई शल्यक्रियाका लागि सिफारिस र ४८ जनालाई चस्मा वितरण गरिएको ज्येष्ठ नागरिक संघ नगर अध्यक्ष शम्बुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कनकाई–७ ज्येष्ठ नागरिक चौतारी भवन कालिमुडामा भएको आँखा शिविरको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख आशा शर्मा शिवाकोटी, अतिथि कनकाई–७ का वडाध्यक्ष भीष्म भूषण सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *