इलाम क्षेत्र २ मा उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४
वैशाख १५ गते इलाम क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ गते हुने भएको हो । आयोगका अनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकासन हुनेछ भने फागुन २४ देखि ३० सम्मको म्याद दिइ राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा ९एमाले० उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।