टुट्यो सत्ता गठबन्धन : एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा नयाँ सरकार बनाउने तयारी

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन टुटेको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा नयाँ सरकार बनाउने तयारी रहेको छ।

आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । आज नै मन्त्रिपरिषद् गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।मन्त्रिपरिषद् हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो बेलुका एमाले, रास्वपा र राजपाका शीर्ष नेताहरुसँग भेट गर्नुभएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्ने सङ्केत दिएपछि आज बिहानैदेखि एमाले, माओवादी र रास्वपाका नेताहरु पार्टीको आन्तरिक बैठकमा बसेका थिए ।प्रचण्डले नयाँ समीकरण बनाउन खोजेको थाहा पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् हेरफेर गर्न तयार हुनुभएको थियो । आज बिहान गठबन्धनको बैठक पनि बोलाइएको थियो । तर गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाउनका लागी अगाडि बडेको नेताहरुले बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *