नेपालमा महिलाहरूको सशक्तिकरण र समानताका प्रश्न ?
आज नारी दिवस हरेक वर्ष मार्च ८ तारिक का दिन अन्तर्राष्ट्रिय नारी दिवस का रूपमा मनाईन्छ। नारी आमा, नारी दीदी, नारी बहिनी, नारी यो संसारकी सृष्टिकर्ता यो धर्ती मा बचिरहेका हरेक मानव नारी कै कोखबाट जन्म लिएका हुन । बिडम्बना आहिले पनि नारीहरु विभेद र उत्पीड़नमा बाट प्रताड़ित छन। आहिले पनि हाम्रो समाजमा धेरै महिलाहरुलाई नारी दिवस के हो भनेर थाहा सम्म छैन ।
यथार्थमा भन्ने हो भने गाऊका कुना कुनामा रहेका महिलाहरुलाई नारी दिवस के हो ? यो दिन लाई नारी दिवसका रूपमा किन मनाइन्छ भन्ने थाहा सम्म छैन । ग्रामीण क्षेत्रहरूमा, शिक्षामा पहुँच महिलाहरूको लागि निरन्तर चुनौतीको बिसय बनेको छ। आहिले पनि सांस्कृतिक मापदण्ड र आर्थिक बाधाहरूले प्रायः अविभावकहरुले छोरी को तुलनामा छोराहरुको शिक्षालाई प्राथमिकता दिने गर्दछन। जसले छोरी हरूलाई विद्यालयको शिक्षामा पहुँच नहुन सक्छ फलस्वरूप, धेरै ग्रामीण भेगहरुका महिलाहरू अन्तर्राष्ट्रिय महिला दिवस र व्यापक महिला अधिकार आन्दोलन जस्ता अवधारणाहरू बारे अनभिज्ञ छन्।यधापी नेपालका केही महिलाहरु संसार कै प्रभाबसाली महिलाका सूची मा पनि हुनु हुन्छ। यस्ता केही उदाहरणहरु ले नेपालका सबै क्षेत्रमा महिलाहरु लाई शिक्षामा पहुँच हुने हो भने राष्ट्रिय ,अंतराष्ट्रिय क्षेत्रमा नेपाली महिला हरुको बिसेस भूमिका हुन सक्छ भन्ने कुरा मा कुनै दिमत छैन।
नेपालमा महिलाहरूका लागि शिक्षा परिवर्तनको प्रमुख संवाहक हो । शिक्षामा बढेको पहुँचले महिलाहरूलाई सामाजिक मान्यताहरूलाई चुनौती दिन र विभिन्न क्षेत्रमा सफलता हासिल गर्न सशक्त बनाएको छ। पहिले भन्दा आहिले विद्यालयमा छात्राहरूको भर्ना बढेको छ, जसले सशक्त महिला जनसङ्ख्यामा योगदान पुराउन सक्छ । यो शिक्षा-संचालित सशक्तिकरणले महिलाहरूलाई विज्ञान, प्रविधि र राजनीति जस्ता परम्परागत रूपमा रही आएका पुरुष प्रधान क्षेत्रहरूका अवरोधहरू तोड़दै गएको छ। यधापी सहर र अन्य सुबिधाका पुगेका क्षेत्रका छात्रा हरुको तुलनामा ग्रामीण क्षेत्रका छात्राको शिक्षामा पहुच कम रहेको तितो यथार्थ रहेको छ । जसलाई आगामी दिन हरुमा सुधार गर्नु पर्ने देखिन्छ । स्थानीय सरकार र जिम्मेवार निकायहरु ले हरेक ग्रामीण भेगका डाटाहरु लाई नजिक बाट नियालेर छात्राहरु लाई अनिवार्य विद्यालय भर्ना गराउने हो भने आउने दिन हरुमा महिला हरु को उज्यालो भविष्य परिकल्पना गर्न सकिन्छ।
नेपाल, हिमालयको मुटुमा बसेको देश, एक समृद्ध सांस्कृतिक मुलुक जसले विभिन्न परम्पराहरू र सांस्कृतिमा गहिरो जरा गडेको इतिहास छ। हामीले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रममा, नेपालमा महिलाहरूको उल्लेखनीय यात्रामा हाम्रो ध्यान केन्द्रित गर्न आवश्यक छ। धेरै चुनौतीहरूको सामना गर्नुपर्दा पनि नेपाली महिलाहरूले नारी सशक्तिकरण र समानताको खोजमा उल्लेखनीय शक्ति र दृढ संकल्प देखाएका छन्।आज भन्दा केही वर्ष पहिले र आहिले तुलना गर्ने हो भने सामाजिक, आर्थिक,राजनीतिक र अन्य क्षेत्रहरुमा महिलाहरु को उल्लेखनीय सहभागिता देखिन्छ जो आउने दिन हरुका लागि उज्यालोको किरण जस्तै हो ।
नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ। नेपालको संविधान २०४७ अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउँदैन भने महिला यदि ३५ वर्ष सम्म अविवाहि रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ भन्ने नियम बनाइएको थियो। वि.सं २०६३ को संविधानले महिलाहरूको स्थिति सुधारमा विशेष ध्यान दिएको थियो। यस अनुसार छोरीलाई पनि छोरा जतिनै अंश मिल्छ र यदी कोही महिलाले समबन्ध बिच्छेद गर्छिन भने उनको श्रीमानको सम्पत्तिको ५०% सम्पत्ति उनको हुन्छ। यसका साथै संविधानसभामा ३३% सिट महिलाको हुने नियम छ। पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौँदेखि चली आएको महिला प्रतिको भेदभावपूर्ण व्यबहार नेपाली समाजको यथार्थ हो। लैङ्गिक विभेदले शोषण र हिंसाका घटनालाई मलजल गर्न मद्धत गरेको हुन सक्क्ष भन्ने महिलाको अवस्थालाई दूरगामी असर पुर्याएको देखिन्छ । यसले महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई समेत कमजोर बनाउँदछ। समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ। यिनै असमाताहरूलाई मध्यनजर गरि समानता, न्याय, शान्ति र विकासको लागि प्रारम्भ गरिएको अभियानको स्मरण गर्दै ८ मार्चको दिनलाई विशेष महत्त्वका रूपमा लिई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ।
महिलाहरूको उपस्थितिलाई कानुनी रूपमा मान्यता प्रदान गरिए पनि समाजमा पुरुष तथा महिलाको भूमिका, कार्यव्यवहार, अधिकार आदि परम्परादेखिनै सीमांकित छन् । त्यसै गरी लैंगिक समानताको ध्वजा फहराउन व्यहारिक चुनौतिहरु पनि प्रशस्तै छन् ।प्राचिन कालबाटै महिला भेदभाव गरिदै आएकोले साक्षरता, उच्च शिक्षा र सार्बजनिक ओहोदामा पुरुष सरह महिलाको समान रूपमा सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछि पर्न गयो । फलस्वरुप नीतिगत , कानुनी र व्यावहारिक प्रयासका वावजुदपनि आशातित उपलब्धि हासिल हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पहाड र खेतबारीमा फैलिएका ग्रामीण नेपाली नारीहरूलाई नबिर्सौं। महिलाहरूलाई सशक्तिकरण गर्न उनीहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्दै शिक्षा र चेतनाका लागि अवसरहरू पनि सिर्जना गर्न आवश्यक छ। नारी हरूको सामाजिक योगदानलाई मान्यता दिएर हामी थप समावेशी र सशक्त समाज निर्माण गर्ने दिशामा एक कदम चाल्न सक्छौँ ।
हामीले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रममा, नेपालमा महिलाहरूको सशक्तिकरण र समानताको दिशामा गरेको प्रगतिलाई स्वीकार गर्नु महत्त्वपूर्ण छ। नेपाली महिलाहरूको उपलब्धि र सशक्तिकरण लाई महत्त्वमा राखेर, यसरी हामीले नारीहरूको प्रयासको सम्मान मात्र गर्दैनौं, नारी हरूले जीवनका सबै पक्षहरूमा फस्टाउन, योगदान गर्न र नेतृत्व गर्न सक्ने समाज निर्माण गर्न निरन्तर प्रतिबद्धतालाई प्रेरित गर्