नेपाल मलेसियासँग ५–१ गोल अन्तरले पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोल अन्तरले पराजित भएको हो ।

३५–३५ मिनेटमा विभाजन गरिएको खेलमा नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । नेपालले अब केही दिन मलेसियामै अभ्यास गरेर बहराइन जाने छ । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *