भुटानविरुद्ध नेपाललाई अग्रता, अनन्तले गरे गोल

२१ भदौ, ढाका । साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । खेलको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । कर्नर बलमा उनले हेड गोल गरेका हुन् ।

सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको हुदा पनि आजको खेलमा जित्नै पर्ने दबाब परेको हो । आजको खेलमा नेपाल भुटानसँग पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *