भद्रपुर नगरपालिका–२ मा खन्ती प्रहार गरी हत्या

झापाको भद्रपुर नगरपालिका–२ मा आज खन्ती प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

भद्रपुर–२ का ३० वर्षीय कमानसिंह राईको सोही स्थानका ३५ वर्षीय सनम भन्ने गंगा राईले पुरानो रिसिइबीका कारण खन्ती प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।मृतक कमानसिंह अभियुक्त गंगाको घरमा बिहीबार सुत्न आएका थिए । घरमा सुतिरहेकै अवस्थामा गंगाले आज बिहान ५ बजे कमानसिंहको टाउकोमा खन्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर स्थानीयबासीले प्रहरीलाई गरेका थिए । घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय पृथ्वीनगरले कमानसिंहलाई खन्ती सहित नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *