कनकाई नहरमा डुबेर एक बालकको मृत्यु

बिर्तामोड । झापाको कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १० निवासी ओमबहादुर बस्नेतको १२ वर्षीय छोरा विवेक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी ७ स्थित कनकाई नहरको साईफन जालीमा अड्किएको अवस्थामा बालकको शव फेला परेको थियो । मृतक बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे अस्पताल पठाइएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *