इलाम क्षेत्र २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ ३ हजार ९ सय ६० मतान्तरले अघि

 इलाम :  इलाम २ को उपनिर्वाचनको जारी मतगणना अन्तर्गत नयाँ मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्बाङले ११ हजार ६ सय १९ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६ सय सय ५९ मत प्राप्त गरेका छन्।त्यस्तै, पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ७ हजार ४ सय ५२ मतसहित तेस्रो स्थानमा रहेका छन्। चर्चामा रहेको रास्वपालाई भने मतगणना भएका ३ पालिकामा मतदाताले पत्याएनन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय ९६ मत ल्याएका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले २ सय ६० मत पाएका छन्। यस क्षेत्रमा एक लाख १५ हजार ८ सय ८९ मतदाताहरु मध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *