क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सुनुवाई हुँदै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ । पाटन उच्च अदालतमा आजका लागि पेसी तोकिएको छ ।यसअघि गत आइतबार अदालतले आजको पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो ।काठमाडौं जिल्ला अदालतको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
२०७९ साल भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।