विनवार्ड्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी

जेठ २, काठमाण्डौ ।   विनवार्ड्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवार्ड्सले दिएको एक सय ९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका ओपनर कुशल भुर्तेलले ७१ र दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए ।

त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहे । पहिला ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९६ रन बनाएको थियो । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग भोलि र आउँदो शनिवार गरी दुई अभ्यास खेल खेल्नेछ ।

यो अभ्यास खेलपछि नेपालको टोली मे १९ तारिखमा ह्यूस्टन जानेछ । त्यसपछि मे २१ मा प्रशिक्षणमा सहभागी हुनेछ । मे २२ र २३ मे नेपालले ह्यूस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्यूस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल मे २५ मा डालास प्रस्थान गर्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *