झापामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

जेठ ३, झापा । आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेकाअनुसार चालु आार्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा आयकरबापत एक अर्ब २१ करोड ११ लाख ८० हजार, अन्तःशुल्कबापत ३१ करोड ९७ लाख ६४ हजार र मूल्य अभिवृद्धि करबापत ८४ करोड ७६ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा ५१ करोड २३ लाख ५७ हजार रुपैयाँ कम सङ्कलन भएको छ । उद्योग–व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताउनुभयो ।

झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *