इलाममा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु

इलाममा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८, बाँदरगाउँस्थित माइखोलामा डुबेर स्थानीय विक्रम लिम्बूका छोरा ११ वर्षे मिङसुहाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पानीमा फेला पारी उद्धार गरेर तत्काल उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो । थप उपचारका लागि झापा बिर्तामोड बिएन्डसी अस्पताल लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । त्यहींका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी नौ वर्षे किस्मन आङदेम्बेको पनि त्यही घटनामा खोजतलास गर्नेक्रममा इलामकै घिरलिङ भन्ने ठाउँमा पानीमा शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरूसँगै पौडी खेल्न गएका दुई जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *