कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन् । सिरोहियालाई बुधबार हाजिरी जमानतमा छोडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए। उनले भने, ‘उहाँलाई हाजिरी जमानतमा छोड्न जिल्ला प्रहरी कार्यालय ललितपुरलाई सिफारिस गरेका थियौँ । उहाँहरूले पनि परिवारको जिम्मामा उहाँलाई हाजिरी जमानतमा छोडेको छ। प्रहरीले बोलाएको समयमा हाजिरी हुने गरी उहाँलाई छोडेका हौँ ‘।