आईसीसी टी –२० विश्वकपमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हरायो
आईसीसी टी –२० विश्वकपमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हराएको छ । नर्थ साउण्डमा गएराति भएको खेलमा स्कटल्याण्डले ओमानलाई ४१ बल बाँकी छँदै हराएको हो । ओमानले दिएको १ सय ५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर एक बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । टी–२० विश्वकपमा आज दक्षिण अफ्रिका र बङ्ग्लादेश खेल्दैछन् । न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।