सन्दीप लामिछाने आईसिसी टी–२० विश्वकपमा सहभागी हुने

नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने आईसिसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । उनी विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।क्यानले आज विज्ञप्ति जारी गर्दै विश्वकपमा सहभागी हुन सन्दीप वेस्ट इन्डिजका लागि प्रस्थान गरिसकेको पनि जनाएको छ । लामिछानेले अब वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सहभागीता जनाउने छन् । यसअघि अमेरिकाले भिसा नदिएका कारण उनी अमेरिकामा भएको नेपालको खेलमा सहभागी हुन पाएनन् । पूर्व घोषित टिमबाट प्रतिश जिसीलाई ट्राभलिङ्ग रिजर्भमा राखेर सन्दीपलाई खेलाउने तयारी गरिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *