बजेट असंशोधनीय भएको भन्दै सांसदहरुको प्रश्न

सांसदहरुले बजेट किन असंशोधनीय भन्दै प्रश्न उठाएका छन् । विनियोजन विधेयक २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले बजेट संशोधन नहुने हो भने संसदमा छलफल गर्ने, सुझाव दिने र सम्बन्धित मन्त्रालयबाट जवाफ माग गर्नेजस्ता कामको कुनै अर्थ नरहेको बताएका हुन् ।

बजेट असंशोधनीय हुने भन्ने सोच पुरातनवादी रहेकाले त्यसलाई संशोधन गरेर संसदमा उठेका विषयसमेत समेटेर जानुपर्ने सांसदहरुको भनाइ छ । हिजोको संसद बैठकमा सांसद ठाकुरप्रसाद गैरेले बजेट निर्माणको प्रक्रियाको विगतको निरन्तरता र यथास्थितिको अवस्थाबाट बाहिर निस्केर बजेटलाई संशोधन गर्नसक्नुपर्ने बताउनुभयो ।सांसद शान्ती चौधरीले चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा नै विनियोजन विधेयकमा संशोधन गर्न सकिने व्यवस्था ल्याउनेबारे छलफल भएको भए पनि आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउने अवस्था आइपुग्दासम्म पनि त्यसले मूर्त रुप नपाउनु दुःखद् रहेको बताउनुभयो । सांसद नारायणी शर्माले बजेट निर्माण गर्दैगर्दा तल्लो तहका सरकारलाई बढी रकम विनियोजन गरिनुपर्ने बताउनुभयो । सांसद डा। तोसीमा कार्कीले बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रम र वार्षिक योजनामाथि संसदमा पर्याप्त छलफल हुनुपर्ने तथा संसद्का सुझाव बजेटमा समेटिनुपर्ने बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *