गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकोप्टर सम्पर्कविहीन

२३ भदौ , काठमाडौं ।  गोरखाको सानगाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको ‘नाइन एन एएलएस’ हेलिकोप्टर  सम्पर्कविहीन भएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट २५ नटिकल दूरीमा आएपछि शनिबार बिहान ८ः५ बजेदेखि सम्पर्कविहीन भएको हो। हेलिकोप्टर धादिङको सत्देवी गाउँपालिका माथिको अाकाशमा अाएपछि हराएको हो।

हेलिकोप्टरमा एक जना क्याप्टेन र ४ जना यात्रु छन्।  एक यात्रु सम्पर्कमा आएको र अन्य हराइरहेको विमानस्थलका प्रवक्ता  प्रतापबाबु तिवारीले जानकारी दिएका छन्।

उद्धारका लागि गएको अल्टिच्युड एयरको अर्काे हेलिकोप्टर खराब मौसमका कारण फिर्ता भएको र उद्धारको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *