उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश

उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको अन्तिम खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । खेलको अन्तिमतिर उरुग्वे १० खेलाडीमा समेटिएको थियो । उसका नाहितान नान्डेजले रातो कार्ड पाए । उरुग्वे र ब्राजिलको खेलसँगै कोपा अमेरिका फुटबलको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । आज बिहान भएको अर्को खेलमा पानामालाई हराउँदै कोलम्बिया सेमिफाइनलमा पुग्यो । कोलम्बियाले पानामालाई ५–० गोलले हरायो ।  यसअघि साविक विजेता अर्जेन्टिना र क्यानडा सेमिफाइनलमा पुगिसकेका थिए । अब फाइनलमा पुग्न अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलम्बिया खेल्नेछन् । फाइनल खेल जुलाई १५ तारिख र तेस्रो स्थानको खेल जुलाई १४ तारिखमा हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *