प्रदेश नं. १ अपाङ्गता भएका व्यक्ति र संस्थाहरूको अभिभावकत्व लिँदै

सुनिरा मैनाली,  बिर्तामोड । झापाको दमकमा बिगद दुई दशक अगाडी स्थापना भएको दमक अपाङ्ग सहयोग समितिले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

वि।संं २०५६ सालमा स्थापना भएको यस संस्थाले झापाका सबै नगरपालिका र आसपासका जिल्लाहरूबाट आउने अपाङ्गता भएका ब्यक्तिहरूलाई आफैमा स्वाभलम्बि बनाउँने, अपाङ्गता भएका ब्याक्तिहरूको हकहितमा तथा संरक्षणमा रहेर विभिन्न कार्यक्रम, गोष्टी र अन्तरक्रियाहरु गर्दै आइरहेको संस्थाका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले जानकारी दिए ।

संस्थाले अपाङ्गता भएका व्यक्तिहरुलाई अझ धेरै सक्षम बनाउँनका लागि आधारभुत सिलाईकटाई तालिम, सबै प्रकार अपाङ्गता भएका ब्यक्तिहरूका लागि सहायक सामाग्री बितरण कार्यक्रम, अपाङ्गता भएका यक्तिहरुका लागि परिचयपत्र बितरणको सिविर लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको संस्थाका कार्यसमिति सदस्य मदन बोहोराले बताए ।

त्यसैगरी संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार बिशेष गरेर ओठ तालु फाटेमा बच्चालाई र अन्य समस्या भएका सबैलाई स्वास्थ्य परिक्षण पनि गर्दै आएको छ । त्यस्तै थप उपचार गराउँनु परेमा निःशुल्क उपचारका लागि सिफारिस गर्दै आएको कार्यसमिति सदस्य बोहोराले सुनाए ।

शनिबार अपाङ्ग सहयोग समितिको कार्यसमितिको बैठकले प्रदेश स्तरीय अपाङ्ग पुर्नस्थापनलाई खरिद गरेको जग्गाको पैसा चुक्ता गर्ने, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नंः १ को प्रथम साधारणसभा दमकमा गर्ने, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नंः १ को प्रथम साधारणसभामा प्रतिनिधि जानका लागि संस्थाका सचिव देवी बहादुर बस्नेत र कोषाध्यक्ष पार्वता श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *