झापाका प्रगतिशील साहित्यकार तथा समालोचक पुण्य खरेलको निधन

झापाका प्रगतिशील साहित्यकार तथा समालोचक पुण्य खरेलको निधन भएको छ । ६३ वर्षीय खरेलको हिजो बिहान काठमाडौमा निधन भएको हो । बिर्तामोड नगरपालिका ५ निवासी मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक खरेलको हृदयघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठन एकाई समिति मेची बहुमुखी क्याम्पसका अध्यक्षसमेत हुन् । साहित्यकार खरेलको एउटा समालोचना कृति प्रकाशित रहेको छ । भाषा तथा साहित्य विषयको अध्येतासमेत रहेका उनी एक साताअघि मुटुमा समस्या भएपछि उपचारका लागि काठमाडौं गएका थिए । उनको काठमाडौंमै निधन भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *