पत्रकार परियार र पाैडेल उत्कृष्ट सञ्चारकर्मीकाे रुपमा पुरस्कृत

२ असोज, बिर्तामोड । सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले झापाका दुई जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । बुधबार बिर्तामोडमा आयाेजित १४ औँ वार्षिक साधारणसभाकाे अवसरमा उनीहरूलाई पुरस्कृत गरिएको हो ।

इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष साप्ताहिकका सम्पादक विष्णु पाैडेल उत्कृष्ट सञ्चारकर्मीका रुपमा पुरस्कृत हुनु भएको हो । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।

पत्रकार परियार र पाैडेललाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई र संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *