मध्यभोटेकोशीबाट एक महिनाभित्र विद्युत् उत्पाद गर्ने तयारी

६ असोज । सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा याे आयोजना निर्माण भइरहेको छ ।

यसअघि केही विवाद रहेकोमा सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैँ अगाडि सकिने प्राधिकरणले जनाएको छ । त्यस्तै बाँधक्षेत्रको निर्माण सकेर पानी हालेर परीक्षणसमेत भइसकेको छ ।

परीक्षणका क्रममा मुख्य सुरुङको झन्डै एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । अहिले सुरुङ सफा गर्न शुरु गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने प्राधिकरणले जनाएको छ ।

सुरुङबाट पानी आउनसाथ उपकरणहरुको वेट टेस्ट अर्थात् परिक्षण शुरु हुनेछ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *