मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले पक्राउ गरेको हो । प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर भित्रबाट प्रहरीलाई अपशब्द बोलेका थिए । लभगभग एक घण्टासम्म पनि उनले गेट नखोलेपछि प्रहरीले पर्खालमा भर्‍याङ लगाएरै घरभित्र प्रवेश गरी पक्राउ गरेको हो । प्रसाईंसँगै युटुवल जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *