घुस लिँदालिँदै बुद्धशान्ति २ का वडाध्यक्ष ओली बिर्तामोडबाट नियन्त्रणमा

८ असोज, बिर्तामोड । झापा बुद्धशान्ति २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली  ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ परेका छन् । उनलाई केहीवेर विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लप समूहका युवाहरु‌ले नियन्त्रणमा लिएका हुन् ।

सिलिगुडीका अमरनाथ चौहानबाट रकम लिदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विर्तामोड प्रहरीलाई बुझाईएको छ । भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले विर्तामोड‌मा आएर पैसा बुझाएका हुन् ।

बुझाउने र लिने दुवै जनालाई अहिले इप्रका अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धानका लागि अख्तियारको इटहरीको टोली झापा आईरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *