डा.आरजु राणा देउवा र उपमन्त्री जोन वासबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच न्युयोर्कमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई थप बलियो बनाउनेबारेमा छलफल भएको छ । भेटका अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उहाँहरूको छलफल भएको थियो । मन्त्री राणा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा हुनुहुन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *