सुनको भाउ आज पनि बढ्यो, तोलाको एकलाख ६० हजार ७ सय रुपैयाँ पुग्यो

१० असोज । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

हिजो तोलाको एकलाख ६० हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर एकलाख ६० हजार सात सय रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको भाउ भने हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *