कोशी नदीमा खस्यो यात्रुबाहक बस खस्दा १२ जनाको कुशल उद्धार

१० असोज । सप्तकोशी नदीमा यात्रुबाहक बस खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो । प्रत्यक्षदर्शी उमेश मेहताले विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको बताउनुभयो ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो । घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि नदीमा बस खसेको जानकारी आएको बताउनु भएको छ । उहाँले यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी दिनुभयो ।

बसमा सवार यात्रु मध्ये १२ जनाको कुशल उद्धार गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन । विराटनगरबाट गाईघाट जाँदै गरेको बस सप्तकोशीको हनुमाननगर तर्फको कोशी नदीमा खसेको थियो ।

घटनास्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरीसहित स्थानीय यात्रुको उद्धार कार्यमा जुटेको प्रहरी उपरीक्षक दाहालले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *