सल्यानमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

सल्यान । सोमबार बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बागचौर नगरपालिका—१० निबासी ५५ वर्षीया हुकुमी विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

लु १ च ५६६४ नम्बरको जीप शारदा नगरपालिक वडा नम्बर १३ स्यानीखाल अत्तरकाडा नजिक जीप दुर्घटना भएको हो । दुर्घटना परेर विकको घटनास्थलमै ज्यान गएकोे हो ।

सोही दुर्घटनामा परी हुकुमकीका श्रीमान ६५ बर्षीया बलबहादुर बिक र जीप चालक बागचौरकै कमल बिक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

घाइते बलबहादुर र कमलको श्रीनगरमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै घटना कसरी भएको हो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *