बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो
१४ असोज । बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि सरकारको भनाइ छ ।