त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

१५ असोज । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

अस्ति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । नेपालले चौथो खेलमा भोलि ओमानसँग खेल्नेछ । हिजो भएको खेलमा ओमानले घरेलु टोली क्यानडालाई ८ विकेटले हराएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *