मृतकका परिवारलाई जनही दुई लाख दिइने मन्त्रिपरिषद्को निर्णय

सरकारले बाढीपहिरोबाट प्रभावितको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।  विपदमा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने तथा गम्भीर घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने र उपचारमा कुनै कमी हुन नदिने समेत निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ बमोजिम विपद् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले तत्काल एक अर्ब उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिएर हिजो स्वदेश फर्किए लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *