टी–२० क्रिकेट श्रृङ्खलाको अन्तिम खेलमा नेपालले आज ओमानसँग खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । यो खेल क्यानडाको किङ्गसिटीमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । यसअघि भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । श्रृङ्खला अन्तर्गत तीन वटा खेलमा नेपालको यो एक मात्र जीत रहेको छ । गएराति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ४ विकेटले र शनिवार भएको श्रृङ्खलाको पहिलो खेलमा क्यानडासँग नै १४ रनले पराजित भएको थियो । क्यानडामा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलापछि घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच टी–२० श्रृङ्खला भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *