त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालसँग ओमान ५६ रनले पराजित

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो ।

ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए ।  नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।नेपालको जीतमा कप्तान रोहित पौडेलले ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले । ओमानका फयाज बटले ३ विकेट लिए । नेपाल ४ खेलमा २ मा जीत र १ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *