सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६१ हजार ३ सय रुपैयाँ

१८ असोज । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *