एशिया रग्बीको पहिलो खेलमा नेपालको पुरुष र महिला टोली पराजित

१८ असोज । एशिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा आजदेखि शुरु भएको एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो ।

यस्तै पुरुषको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको छ ।

यसैगरी महिलातर्फ पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको छ । महिलातर्फको अर्को खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरमा पराजित गरेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताइपेई र श्रीलङ्का छन् ।

महिलातर्फ आयोजक नेपालसहित फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *