नेपाल पत्रकार महासङ्घको चुनाव आउँदो मङ्सिर २८ गते हुँदै

नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा सम्पन्न भेलाले मङ्सिर २८ गते चुनाव गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *