दशैँका मुख्य दिनमा धेरैजसो ठाउँको मौसम सफा रहने
२३ असोज । दशैँका मुख्य तीन दिन सप्तमी (बिहीवार), अष्टमी/नवमी (शुक्रवार) र दशमी (शनिवार) कोशी र मधेश प्रदेशका केही ठाउँ तथा बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दशैँ विशेष मौसमी बुलेटिन निकालेर केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको छ ।