तीन महिनामा आयात र निर्यात घट्यो

८ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको आयात–निर्यातमा कमी आएको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आयात ४ दशमलव १७ प्रतिशत र निर्यात ६ दशमलव ११ प्रतिशतले घटेको हो ।

गएको वर्षको असोज मसान्तसम्म चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

गएको वर्षको यसै अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । पछिल्लो तीन महिनाको नेपालको अरु देशसँगको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

गएको वर्षको तीन महिनाको तुलनामा व्यापार घाटा ३ दशमलव ९६ प्रतिशतले कमी आएको हो । गएको वर्षको तीन महिनामा नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *