कनकाईमा वार्डस्तरीय फुटबल सुरु , पहिलो खेलमा वडा न ३ को बिजयी सुरुवात

कनकाई , भरत प्रसाई , झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा वडास्तरीय फुटबल प्रतियोगिता आज शुक्रबार कात्तिक ९ बाट  सुरु भएको छ ।

सुरुङ्गामा रहेको होटल डिलाईट र अमेरिकास्थित पुर्व आर्मी आशिस संग्रौलाको आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर ३ ले पहिलो खेलमा नै जित हासिल गरेको छ ।

३ नम्बर वडाले ७ नम्बर वडालाई ३—१ गोल अन्तरले पराजित गरेको हो । बिजयी टिम ३ नम्बर वडाका लागि खेलको पहिलो हाफमा सबै गोल सम्भव भएको थियोे । जसमा खेलको १( मिनेटमा रोहन कार्की, २१ मिनेटमा अरुण श्रेष्ठ र २४ मिनेटमा छितिज कुवँरले गोल गर्नुभएको थियो ।

यता वडानम्बर ७ का खेलाडी अमुल्य लिम्बुले भने खेलको ३१ औ मिनेटमा गोल गरेपनि टिमको हारलाई भने टार्न सकेनन उनको गोल शान्तनामा परिणत भएको थियो ।

कनकाई ३ दोस्रो हाफमा एक खेलाडीले दोहोरो एलो कार्ड खादै मैदान बाहिरीदा कनकाई ३ नम्बर १० खेलाडीमा सिमित हुन पुगेको थियो तर ७ नम्बरले यसको फाइदा उठाउन भने सकेन ।

खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी छितिज कुँबर हुनुभयो । उहाँलाई आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला लगायातले नगद १५ सय रुपैयाँ प्रदान गरि पुरस्कृत गरिएको थियोे  ।

उहाँ भारतीय टिम राजस्थान रोयल्सबाट व्यावसायिक फुटबल समेत खेलिरहनुभएको बताएको छ।

कनकाई ३ राष्ट्रिय खेलाडी रोहन कार्की सहित टिममा उत्रिएको थियो । कनकाई माविको खेल मैदानमा आज कार्तिक ९ गतेदेखि आयोजित प्रतियोगिताको भोली शनिवार २ खेलहरु हुनेछन ।

पहिलो खेल कनकाई ९ र १ नम्बर वार्ड बिच दिउसो १ बजे र दोस्रो खेल वार्ड नम्बर ८ र ४ बिच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ।

प्रतियोगिता  उद्घाटन यस क्षेत्र नम्बर ४ का संघिय सांसद  एलपीसाँबा लिम्बुले गर्नुभएको थियो । साँबाले विदेशमा रहेर पनि खेल क्षेत्रको विकासका लागि यहाँका सचेत युवाले पहल गरेको भन्दै खुलेर प्रसंसा समेत  गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक दिपेन ओलीले यस क्षेत्रका खेलप्रेमी जनताको भावनालाई मर्न नदिन फुटबल खेलको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

 

होटल डिलाईट संचालक खेम ओलिको अध्यक्षमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश सासद हिराकुमार थापा, नगर उप प्रमुख आशाशर्मा शिवाकोटी , नगर पुर्व उप प्रमुख मन्जु प्रसाईं , विभिन्न वडाका जनप्रतिनिधि , विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , नगरका विभिन्न संघ ( सस्थाका प्रमुख तथा प्रतिनिधि ,  विभिन्न विध्यालयका संचालक तथा शिक्षक  प्रतिनिधि , होटल ब्यवसायी संघका प्रमुख तथा प्रतिनिधि , सुरक्षाकर्मी , सन्चार्कर्मी लगायतको उपस्तिथ रहेकोे थियो ।

कार्तिक १४ गतेसम्म चल्ने दसैतिहार कप नकआउँट फुटबल प्रतियोगिता बिजयी हुने टिमले नगद ७१ हजार नगद र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने छ ।

प्रतियोगिता कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा आयोजना भइरहेको छ ।

खेल अघि  कनकाई सुरुङ्गा प्रेस क्लव र कनकाई भेट्रान्सविच  मैत्रीपुर्ण खेल भएको थियोे । जसमा कनकाई भेट्रान्स बिजयी बनेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *