दमकका निराैला हत्यामा संलग्न भएकाे अभियाेगमा तीन पक्राउ

कार्तिक–६ गते बेलुका अन्दाजी साढे ४ बजेको समयमा दमक नगरपालिका–३ को उज्यालो टोल विकास संस्थाको दक्षिणमा रहेको बगर टोलमा निरौलाको हत्या भएको थियो । जग्गा बिवादको बिषयमा छलफल गर्न भेला भएका उनीहरुबीच हात हालाहाल हुँदा निरौलाको मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उर्लाबारी नगरपालिका–६ का प्रकाश कार्की, ७ का ध्रुब गौतम र संखुवासभाको मादी नगरपालिका–१० घर भई झापाको दमक–३ दुम्से बस्ने गणेश दर्जीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले कार्की र गौतमलाई सोही दिन र दर्जीलाई काँकडभिट्टामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । प्रहरीले घटनास्थलबाट मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार घटनामा संलग्न अन्यको खोजतलास तिब्र पारिएको छ ।

पीडित परिवारले उनको हत्यामा नेकपा एमालेका स्थानीय कार्यकर्ताको पनि संलग्नता रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको छ । दवावकाबीच उजुरी दर्ता गरेको प्रहरीले उनीहरुको खोजतलास गरिरहेको जनाएको छ

Leave a comment

Your email address will not be published. Required fields are marked *