झापाली साहित्य समाजको आयोजनामा सप्तरङ्गी भाग ५ कार्यक्रम सम्पन्न
बिर्तामोड । भरत भाबुक प्रसाई, झापाली साहित्य समाजको आयोजनामा साहित्यका ७ विधालाई समावेश गरीएको सप्तरङ्गी भाग ५ कार्यक्रम सम्पन्न गरीएको छ ।
डि पी.एल कनकाई सह –आयोजक रहेको कार्यक्रममा दिपावलीको अवसरमा फरक विधाका स्रष्टाहरुद्वारा कविता, मुक्तक, गजल, हास्यव्यङग्य, केस्रा प्रस्तुत गरीएको थियो ।
साहित्य भित्रका फरक स्वाद एकै स्थानमा पस्कने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष हरि बरालले बताउनु भयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी कृष्ण धरावासी व्यानर पढेर गर्नु भएको थियो ।
कार्यक्रममा अग्रज साहित्यकार मदन पुरुस्कार विजेता कृष्ण धरावासीले विशेष प्रस्तुति राख्दै नव आगन्तुक साहित्यहरुलाई प्रेरणाले भरीएको आफ्नो अनुभव सुनाउनु भएको थियो ।
साहित्यकार धराबासीले रुची अनुरुपको विधा छनोटगरी साहित्य लेखनमा लागे सफल्ता मिल्ने बताउनु भयो ।
उहाँले साहित्यको क्षेत्रमा युवाहरुको आगमन सकारात्मक र सुखद पक्ष रहेको बताउनु भयो । झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख आतिथी समेत रहनुभएका धराबासीले अरुभन्दा आफु भिन्न बन्न आगन्तुक साहित्यकारहरुलाई आग्रह गर्नुभयो ।
३० भन्दा बढी पुस्तक लेखिसक्नु भएका धराबासीलाई नेपाली साहित्यको उन्नयनमा पु¥याएको योगदान स्वरुप विभिन्न संस्थाहरुले सम्मान गरीसकेको छ ।
कार्यक्रममा राजेन्द्र ढुङगानाले कविता, शिव सुबेदीले गजल,पुष्पा प्रकृति चौलागाईले मुक्तक, पिनाखी कोइरालाले हाँस्यव्यङग्य, दिलिप राई मगरले केस्रा,हेमन्ता भण्डारीले गजल,नमुना निरौलाले कविता प्रस्तुत गरेका थिए ।
हाँस्यव्यङग्यकार कोइरालाले समसायिक विषयमा आफ्नो व्यङग्य प्रस्तुतीद्वारा उपस्थित साहित्यकारहरुलाई पेट मिचि–मिचि हसाँउनु भएको थियो । कार्यक्रमको समापन संगै साहित्यकारहरुबिच देउसी भैलो खेलिएको थियो ।
डि .पी .एल कनकाईका अध्यक्ष विशाल कडेलले कार्यक्रमको औचित्यमाथी प्रकाशपार्दै साहित्यका हरेक विधामा कलम चलाउने स्रष्टाहरुको संगम गराई पर्वको पूर्वशन्ध्यामा रमाइलो गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
पी.एल कनकाइका महासचिव जेनिस चम्लागाँईले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापाली साहित्य समाजकी उपाध्यक्ष गजलकार संगिता कोइरालाले गर्नुभएको थियो ।