पढाई सगै लोक संस्कृतिको जगेर्नामा सक्रिय बन्दै कनकाईको हरिकुल नमुना विद्यालय

कनकाई । चन्द्र बस्नेत,  झापाको कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक  विद्यालय पढाई सगै लोक संस्कृतिको जगेर्नामा सक्रिय बन्दै गएको पाईएको छ।हरेक चाडपर्व मनाउने शैलीमा आधुनिकता छाएका बेला आफ्नो पुर्खौली कला संस्कृतिको संरक्षण तथा  प्रबद्र्धनमा विद्यालय सक्रिय बन्दै गएको पाएको हो।

यसै क्रममा तिहारलाई लक्षित गर्दै  विद्यालयले तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता–२०८१ कार्यक्रम सम्पन्न गरेको छ ।

लोक संस्कृतिको प्रबद्र्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् लगायत चाडको  अवसर पारेर  विद्यालयको प्राङगण्मा  कार्यक्रमको आयोजना गरिएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाले जानकारी दिनुभयो ।

खुला देउसी भैलो कार्यक्रममा विभिन्न कनकाई माबिका समूह, हग्ङ्स बाहिनी समूह, नेपाल लिङ्ग कम्युनिकेसन समुह ,कनकाई कृतन मंडली समूह, द लोकल देउसी समूह, भगवती साधन केन्द्र ,कनकाई लोक कला समूह, ग्रामीण विकास सेवा समूह, नमुना टोल, बिर्तामोड नृत्य , म्यारिगोल्ड अंग्रेजी विद्यालय ,मधुवन कलाकेन्द्र, ग्लोबल अङ्ग्रेजी विध्यालय्ब, फ्क्तालुङ्ग अङ्ग्रेजी विद्यालय  लगायत १४ टोलीको सहभागि प्रतियोगितामा ग्रामीण विकास सेवा समुह प्रथम , हङ्ग्स बाहिनी समूह द्वितीय ,ग्लोबल अङ्ग्रेजी विद्यालय तृतीय  तथा मधुवन कलाकेन्द्र सान्त्वना बन्न सफल भएको विद्यालयका संचालक राजु थापाले जानकारी दिनुभयो ।

विजेताहरुलाई उपस्थित विद्यालयका सस्थापक चन्द्र मैनाली , प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको  ,विशिस्ट अतिथि नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रबन्ध निर्देशक थापा, संचालक  साजन थापा , राजु थापा ,विद्यालयका प्रिन्सिपल रोषन खत्री लगायतले  प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै द्वितीय हुनेलाई नगद १५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै तृतीय हुनेलाई नगद १० हजार रुपैयाँका साथमा प्रमाणपत्र र सान्त्वना हुनेलाई पनि पुरस्कार प्रदान गरिएको विद्यालयका भाइस प्रिन्सिपल सन्दीप मरासिनीले जानकारी दिनुभयो ।

हरिकुल नमुना माध्यमिक विद्यालयले बालबालिकालाई नेपालीहरूको महान पर्वहरू बडा दशैँ , शुभ – दिपावली ,छठ तथा नेपाल सम्वत् लगायत थुप्रै चाडपर्वहरूको संरक्षण तथा संस्कृति बचाइराख्ने उद्देश्यका साथ विगतका वर्षहरूमा पनि आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिदै  तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता आयोजना गरिएको  प्रबन्ध निर्देशक थापाले स्पष्ट पार्नुभयो।कार्यक्रममा कला संस्कृति संरक्षका बारेमा विभिन्न सचेतना मूलक पुराना देउसी भैलोका भाकाहरु प्रस्तुत गरिएको  विद्यालयका प्रबन्ध निर्देशक थापाले स्पष्ट पार्नुभयो।

देउसी भैलोमा सहभागीहरूले परम्परागत लोक संस्कृति झल्कने पहिरनका साथ सहभागी भएका थिए ।

देउसी भैलो कार्यक्रमको निणायक मण्डलमक पुर्वान्चाल कलाकेन्द्रका प्रमुख कृष्ण योन्जन, नृत्य निर्देशनालय कोशी प्रदेश महासचिव शंकर विश्वकर्मा, सरस्वती माध्यमिक विध्यालय जामुनबारीका शिक्षक सुर्य प्रसाद अधिकारी , कोडिनेटर विजय लिम्बुले  संयुक्त रुपमा भुमिका निर्वाह गर्नुभएको थियोे ।

विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाको अध्यक्ष रहेको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेकोे थियोे ।

बिद्यालयमा हाल १ हजार ५० बढी बिद्यार्थी ५० बढी शिक्षक शिक्षिका ३० जना भन्दा धेरै अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाई गरिरहेको विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिनुभयो ।

साथै विद्यालयमा भोलि १६ गते शुक्रबार रास्ट्रिय कलाकार अस्मिता अधिकारी , मनिस काफ्ले लगायत अन्य दर्जन बढी कलाकारहरुबाट चाडपर्व विशेष कार्यक्रम समेत आयोजना गर्ने निश्चित भएको र यसको सम्पुर्ण तयारी पूरा भएको विद्यालयका भाईस प्रिन्सिपल सन्दिप मरासिनीले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *