हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो
नेपालले इंग्ल्यान्डमाथि शानदार जित हात पारेको छ । हङकङमा जारी २० औं हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । पहिलो पटक प्रतियोगितामा सहभागित जनाएको नेपालले तीन पटकको उपाधि विजेता इंग्ल्याण्डलाई हराएको हो ।
९८ रनको लक्ष्य पाएको नेपालले बिना विकेटको क्षति जित हात हासिल गरेको हो। नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो । नेपालको जितमा सन्दीप जोराले १७ बलमा ७१ रन बनाए। उनले पाँच चौका र आठ छक्का हानेका छन् । यस्तै लोकेश बमले ११ बलमा २० रन बनाए ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ। नेपालले अब शनिबार अस्ट्रेलियासँग खेल्ने छ।