सांस्कृतिक एकताका निम्ति पाथिभरा भजन कृतन मण्डलले खेल्यो समूहिक देउसी

बिर्तामोड । बिर्तामोड १ मा कार्यलय रहको पाथिरा भजन कृतन मण्डलीले सामाजिक सद्भाव र सांस्कृतिक एकताका निम्ति सामूहिक देउसी खेलेको छ ।

दिदी भाईको सम्बन्ध र सद्भावको चाँड तिहार मनाउने उदेश्यले खेलिएको देउसीमा लोक भाका गाउँका संस्कार र पहिलेका भाकालाई प्रस्तुत गरिएको थियो ।

बिर्तामोड १ स्थित पाथिभरा टोल वरपिरीका करीव ४० घर सहभागि र सहभागितामा खेलिएको देउसीको सञ्चालन तथा सहजीकरण संस्थाका सचिव तथा पत्रकार भरत भाबुक प्रसाईले गर्नु भएको थियो ।

२०८० सालमा स्थापना भएको संस्थाले विगतमा भजनमा उत्कृष्ट ,नृत्यमा उत्कृष्ट हुनुुभएका स्थानियबासीहरुलाई सम्मान समेत गरेको थियो ।  देउसीमा उत्कृष्ट नृत्य मानवी बस्नेत,आयुस्का ढकाल,अर्पिता अधिकारी,दिपा पाठक, दिपा ढकाल, सविता ढकाल,आशिष भट्टराई, निकिता

थपलिया,संदिप ढकाल, सिवान्स पाठक, नब्या सिलवाल,अन्जु मैनाली,तुलसा पाठक,सिमा थपलिया,कल्पना बराल,मन्दिप पाठक, भरत प्रसाई, लगायतले लोक भाकामा आफ्नो प्रस्तुति दिइ कार्यक्रमलाई रोचक बनाएका थिए ।

पाथिभरा कृतन मण्डलीकी अध्यक्ष सावित्रा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई रोचक बनाउन बिच बिचमा मारुनी भाका समेत प्रस्तुत गरीएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *