प्रिमियर लिग : टोटनहमले एस्टनभिल्लालाई हरायो, युनाइटेड र चेल्सीले बराबरी खेले

काठमाण्डौ – इङ्गिलस प्रिमियर लिग फुटबलमा टोटनहमले एस्टनभिल्लालाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले एस्टनभिल्लालाई ४–१ गोलले हरायो ।

यो जीतसँगै टोटनहम १० खेलमा १६ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । समान १० खेल खेलेको एस्टनभिल्ला १८ अङ्कका साथ छैठौं स्थानमा छ ।

यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । युनाइटेड र चेल्सीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

म्यानचेस्टर युनाइटेड १० खेलमा १२ अङ्ककासाथ तालिकाको तेह्रौं स्थानमा छ । समान खेल खेलेको चेल्सी १८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *