एक किशोरी फेवातालमा मृत फेला

पोखरामा १३ वर्षीया किशोरीको शव भेटिएको तीन दिन नबित्दै फेरि एक किशोरीको शव फेवातालमा फेला परेको छ । पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् ।

कास्की पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मिता लामिछाने मृत भेटिएकी हुन् । उनी आइतबार राति १२ बजेतिर फेवातालमा हामफालेको बताइएको छ । वेपत्ता भएकी उनको झोला र मोबाइल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी छोरेपाटन उच्च माविको १० कक्षामा पढ्थिन् ।

नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *