नेपाली चिया तथा कफीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै
२० कात्तिक । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाख रुपैयाँको निर्यात गरिएको थियो ।
बोर्डले आर्थिक वर्ष २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा देशभर चार सय ५० मेट कफी आयात गरी ३२ करोड रुपैयाँ खर्च गरिएकामा आर्थिक वर्ष २०७९/०८० मा १० करोड रुपैयाँको मात्र आयात गरिएको थियो ।
बोर्डका निर्देशक दीपक खनालले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताउनुभयो ।