छठ उत्सव आजदेखि शुरु, कनकाईमा बृहत सांस्कृतिक कार्यक्रम गरीदै
बिर्तामोड । भरत भाबुक प्रसाई ,मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरु भएको छ ।
छठ पर्व आजदेखि तराईको झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चल भरि धूमधामका साथ शुरुभएको हो । झापाका नदीनालाहरुमा पनि छठ पर्वको तयारीका लागि पन्डाल, र घाट निर्माण अन्तिम चरणमा पुगेको छ ।
बिरिङ खोला, कनकाई माई, अधुवा, रतुवा खोला साथै स्थानीय साना तथा ठूला खोलाका किनार, स्थानीय तलाउमा समेत छठको तयारी गरिएको श्री छठ समाज सेवा समिति बिर्तामोडका उपाध्यक्ष मनोज रौनियारले जानकारी दिनु भयो ।
बिर्तामोड स्थित छठ सेवा समितिको कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएको हो ।
बिरिङ खोलामा हुने छठ पूजाका लागि करीव ४ सय भन्दा बढी पडालबाट एक हजार ब्रतालुले पूजा अर्चना गर्न सक्ने छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर द्धिवेदीले बताउनुभयो ।
प्रचार –प्रसार संयोजक तथा वरिष्ठ उपाध्यक्ष संगिता रौनियारले छठ पर्व मदेशी समुदायको चाँड मात्रै नभएर सामावेशी चाँड बन्न पुगेकाले सबैले मिली–जुली छठलाई भव्य र सभ्य तरिकाले सम्पन्न गराउन सहयोग गरीदिन आग्रह गर्नुभयो ।
उहाँले सुरक्षाको व्यवस्था राम्रोसंग मिलाइएको बताउदै, निजी सेक्युरिटी, प्रहरी, ट्राफिक, शसस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन गरीने बताउनु भयो ।
विहीवार दिउँसो ३ बजे कन्काई नगरपालिका वडा नम्वर ८ स्थित विरिङ खोला, लक्ष्मीपुरमा बृहत सांस्कृतिक कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उर्जा तथा खानेपानी मन्त्री एकराज कार्कीले गर्नु हुने भएको छ ।
चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ ।
खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।
त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।
त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोर्होयाइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् ।
यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छठ सेवा समितिका महासचिव अशोक कुमार चौधरीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सांस्कृतिक कार्यक्रमका संयोजक गुप्ता, अध्यक्ष द्धिवेदी र प्रचार प्रसार संयोजक रौनियार, उपाध्यक्ष, मनोज रौनियार,कार्यसमति सदस्य शंकर भगत, जयकुमार झा, कोषाध्यक्ष वरुण जयसवाल लगायतको उपस्थिती रहको पत्रकार सम्मेलनको सञ्चालन महासचिव चौधरीले गर्नुभएको थियो ।